उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारी नगर समिति अध्यक्ष निरुपा निरौलाले पार्टी परित्याग गर्नुभएको छ ।
आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको र अब स्वतन्त्र रहेर सामाजिक कार्यमा क्रियाशिल रहने जानकारी गराउनुभएको हो । पार्टीको जिम्मेवारीमा रहेर पनि पार्टीले आशा र अपेक्षा गरेअनुरुपको कार्य गर्न आफुले नसकेको भन्दै आत्मआलोचना गर्नुभएको छ । ‘पार्टीलाई एउटा उचाईमा पु¥याउन मैले प्राप्त गरेको जिम्मेवारीबाट पनि कुनै भूमिका निर्वाह गर्न नसकेकोमा नैतिक जिम्मेवारी महशुस गर्दै आजका मितिबाट मेरो नगर अध्यक्षको जिम्मेवारीबाट राजिनामा दिएको छु ।’ उहाँले पोष्ट गर्नुभएको छ । निरौला गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट उपप्रमुखको उम्मेद्वार बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय