उर्लाबारी-मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।
अस्पतालमा कार्यरत मेडिकलअफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका १ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र अनिल कुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन् । ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुले डा. बुढाथोकीमाथि पुरानो रिसिबिलाई लिएर आक्रमण गरेको उनले बताए । हस्पिटलमा उपचारको विवाद भएपछि डाक्टर बुढाथोकीमाथि आक्रमण भएको बुझिएको छ । ‘केही दिन अगाडी डा. बुढाथोकीलाई हामी लोकल मान्छे हो । हामीलाई छिटो लाइनमा नबसि उपचार हुनुपर्छ भन्दै आएका थिए । उनीहरुमध्ये सितलराज गिरी चिकित्सक बस्ने कुर्सीमा आएर बसे । मैले यो डाक्टर बस्ने कुर्सी हो । यहाँ नबसिदिनुहोला भन्दै बाहिर आउनु म देखाइदिन्छु भन्दै गए । पछि खाजा खाएर फर्किन क्रममा म माथि आक्रम भयो,’ डाक्टर बुढाथोकीले सुनाए । ट्रमा सेन्टरमा उनी २०८० असोज २९ गते नियुक्त भएका हुन् । त्यसैगरी ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. यादवलाई आक्रमण गरेको बताएका छन् । इलका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले अभद्र व्यवहारमा जाहेरी दर्ता भएको बताए ।
जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति पत्र पनि आइसकेकाले आक्रमणमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेहरु फरार रहेका छन् । खोजी कार्य तिव्र बनाएको मोरङ प्रहरीले जनाएको छ । बुधबारदेखि ओपिडि सेवा बन्द चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि निरन्तरण आक्रमण भएपछि अस्पताल प्रशासनले ओपीडि सेवा एक घण्टा बन्द गर्ने भएको छ । बुधबार अस्पतालको ओपीडि सेवा बन्द गर्ने अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले निर्णाय गरेको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरु असुरक्षित भएको र शान्ति सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले ओपीडि बन्द गर्ने निर्णाय मंगलबार गरेका हुन् । उनीहरुले चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही नगरेपछि ओपीडि सेवा बन्द गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजानिक गर्ने चेतवनी दिएका छन् । पहिलो दिन एक घण्टा १० बजेदेखि ११ बजेसम्म ओपीडि सेवा बन्द हुनेछ । त्यसपछि हातमा कालो पटी बाँधेर विरोध स्वरुप काम गर्ने उनीहरुलेश गरेको निर्णायमा उल्लेख छ । ओपीडिमा दैनिक ५ सय देखि ७ सय जना विरामीले सेवा लिने गरेका छन् ।























