उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाको विरोधमा चिकित्सकहरु आन्दोलिन भएका छन् ।
डाक्टरहरु आन्दोलित बन्दा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका हुन् । बुधबार बिहानदेखि बहिरिङ्ग (ओपीडी) को टिकट वितरण गरेका छैनन् । अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा कार्यरत मेडिकल अफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका १ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र अनिल कुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेका थिए । ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति सुमन श्रेष्ठ, मंगलबारे युवा क्लबका अधयक्ष पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुविरुद्ध अभद्र मुद्धा दर्ता भई पक्राउपूर्जी जारी भइसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले बताउनुभयो । उहाँका अनुसार फरारहरुको खोजी कार्य तीब्र पारिएको छ ।























