उर्लाबारी । मोरङका स्थानीय तहमा बेरुजुको चाङ् बढ्दै गएको देखिएको छ । महालेखा परिक्षकको कार्यालयको  प्रतिवेदन अनुसार मोरङका १७ स्थानिय तहमा बेरुजुको चाङ् बढ्दै गएको देखिएको हो ।
विराटनगर महानगरपालिकाको बेरुजु ७ करोड ११ लाख ५३ हजार रुपैयाँ बेरुजु देखिएको छ भने उर्लाबारी नगरपालिकामा ६ करोड ७६ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै, पथरीशनिश्चरेको ४ करोड ८९ लाख २५ हजार, बेलबारी नगरपालिकाको ३ करोड ५९ लाख २ हजार, रंगेली नगरपालिकाको ४ करोड ६३ लाख ५२ हजार, रतुवामाई नगरपालिकाको ३ करोड ४५ लाख ४० हजार, लेटाङ नगरपालिकाको ३ करोड ३५ लाख ५६ हजार, सुनबर्षी नगरपालिकाको २ करोड ५७ लाख ३५ हजार र सुन्दरहरैचाँ नगरपालिकाको ९ करोड ९२ लाख ३८ हजार बेरुजु रहेको छ । कटहरी गाउँपालिकाको २ करोड ५७ लाख ३५ हजार, कानेपोखरी गाउँपालिकाको ५ करोड ५३ लाख ४० हजार, केराबारी गाउँपालिकाको ४ करोड ६ लाख २० हजार, ग्रामथान गाउँपालिकाको २ करोड १८ लाख ५९ हजार, जहदा गाउँपालिकाको ४ करोड ४१ लाख ८३ हजार, धनपालथान गाउँपालिकाको ४ करोड ६ लाख २० हजार, बुढीगंगा गाउँपालिकाको ३ करोड ७२ लाख ७८ हजार र मिक्लाजुङ गाउँपालिकाको ४ करोड ४५ लाख १५ हजार बेरुजु रहेको छ ।
स्थानीय तहहरूले अनियमित रुपमा कर्मचारी भर्ना गर्नेदेखि, तलब भत्ता वितरण र विकास निर्माणका कामसमेत अनियमित रुपमा गर्ने गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय