उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको अरनिको हस्पिटलमा आधुनिक सीटी स्क्यान सेवा सञ्चालन गरिने भएको छ ।
असोज १ गतेदेखि सञ्चालन गर्ने गरी आधुनिक सीटी स्क्यान मेसिन जडानको प्रक्रिया अघि बढेको हो । सीटी स्क्यान मेसिन खरिद सम्झौता भइसकेको र असोज १ गतेदेखि सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाइएको अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । विराटनगरबाहिर पहिलो पटक सीटी स्क्यान सेवा सञ्चालन गर्ने अरनिको हस्पिटलले जमर्को गरिरहेको उहाँको भनाई छ । ३ करोड बढीको लगानीमा सीटी स्क्यान सञ्चालनमा आउने जनाइएको छ ।
सीटी स्क्यान सञ्चालन आएपछि अब अस्पतालबाट सेवा लिन आउने बिरामीले बाहिर जानुपर्ने बाध्यता हट्ने उहाँको भनाई छ । खासगरी, मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचान लगायतका लागि सीटी स्क्यान मेसिनको आवश्यकता पर्ने गर्दछ ।























