उर्लाबारी । मोरङको उर्लाबारीकी निर्मला चौहान(निरु) ‘राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार २०८१’ बाट पुरस्कृत हुनुभएको छ ।
उर्लाबारी–७ स्थित निरु ढाका कपडा उद्योगकी सञ्चालिका चौहान कोशी प्रदेशबाट उत्कृष्ट महिला उद्यमीको रूपमा छनौट हुनुभई छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा पुरस्कृत हुनुभएको हो । उहाँलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले नगद १ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गर्नुभएको छ ।























