उर्लाबारी । मोरङको मिक्लाजुङका मूर्तिकार कमलेश लिम्बु (डिएगो) मूर्तिकलातर्फ कोसीबाट उत्कृष्ट मूर्तिकारको रुपमा पुरस्कृत हुनुभएको छ ।
प्रादेशिक ललितकला प्रदर्शनीबाट छनौट भई राष्ट्रिय ललित कला प्रदर्शनीमा उहाँ नगद ३० हजारसहित पुरस्कृत हुनुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले उहाँलाई नगदसहित सम्मान पत्रले पुरस्कुत गर्नुभएको थियो । मिक्लाजुङमा दाजुभाई आर्ट स्टुडियो सञ्चालन गर्दै आउनुभएका लिम्बु लामो समयदेखि मूर्ति बनाउँदै आउनुभएको छ । उहाँले हजारौं संख्यामा मूर्ति निर्माण गरिसक्नुभएको छ ।























