काठमाडौं। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ ।

अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले २०२३ मा काठमाडौं आएका बेला एक होटलमा निर्मलले दुव्यर्वहार गरेको भन्नुभएको हो ।

यसअघि हिन्स्टाले आफ्नो पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गर्नुभएको थियो । पुस्तकमा उहाँले निर्मलको नाम नलिई आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको भन्नुभएको थियो ।

शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति निर्मल भएको खुलाउँदै उहाँले होटलको कोठाभित्र के–के भएको थियो भन्ने पनि खुलाउनुभएको छ । उहाँले होटलमा निर्मलले जबरजस्ती चुम्बन गरेको, लुगा खोल्दै ब्रासम्म उतार्न खोजेर जबरजस्ती गरेको उल्लेख गर्नुभएको छ । आफूले निर्मलको जबरजस्तीलाई अस्वीकार गरेपछि उहाँले हस्तमैथुन गरेर छोडेको उहाँको आरोप छ ।

यस विषयमा निर्मलले भने प्रतिक्रिया दिन नचाहेको पनि न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय