उर्लाबारी । मिक्लाजुङ–८ मावा तोरीबारीका नवराज श्रेष्ठ सुन्दर सपना बोकेर विदेशिए । रोजगारीका लागि मलेसिया हानिनु भएका उहाँ धन कमाउने सपना त पूरा गर्न सक्नुभएन, भएको हात पनि गुमाएर फर्किनुभयो । फर्निचरको काम गर्ने क्रममा मेसिनको तार चुडिएर उहाँको हात गुम्यो । हात गुमेपछि स्वदेश फर्किनुभएका श्रेष्ठ यतिबेला गाउँमा कृषि कर्ममा रमाइरहनुभएको छ ।
मिक्लाजुङ–८ मावा तोरीबारीमा उहाँले पशुपालन तथा सब्जी खेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । विदेशको जस्तो श्रम नेपालमै गर्ने हो भने केही गर्न सकिने उहाँको अनुभव छ । उहाँको सब्जी खेतीमा अहिले बोडी, फर्सीको मुन्टा, टमाटर, काक्रालगायत बारीभरी फलेको छन् । पशुपालनतर्फ गाई र बाख्रा पाल्नुभएको छ । एक पटकमा १ लाख देखि १ लाख ५० हजार लगानी गर्दा ४ देखि ५ लाख रुपैयाँसम्म कमाई हुने गरेको उहाँको भनाई छ । स्थानीय सरकारले अनुदान सहयोग समेत गर्दै आएको उहाँले बताउनुभयो । ‘रोजगारीका लागि विदेशै जानु पर्छ भन्ने छैन’ उहाँले भन्नुभयो–‘आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने अनुभव भएको छ ।’ उहाँले अहिलेसम्म १० लाख भन्दा बढी लगानी सब्जी खेती र पशुपालनमा लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय