उर्लाबारी । पूर्वी मोरङको व्यापारिक वृत्तमा सर्वाधिक चासोको विषय रहने उर्लाबारी उद्योग वाणिज्य संघको चुनावी चहलपहल सुरु भएको छ ।
भदौं पहिलो साता निर्वाचन हुने तयारी भइरहेको अवस्थामा चुनाबी चहलपहल सुरु भएको हो । पूर्व बरिष्ठ उपाध्यक्ष तथा कानुनी सल्लाहकार विनोद न्यौपाने अध्यक्षमा उम्मेद्वार बन्ने तयारीका साथ भेटघाट तथा छलफल गरिरहनुभएको छ । अध्यक्ष पदमा उम्मेद्वार बन्ने तयारीमा रहनुभएका न्यौपाने भन्नुहुन्छ,‘ व्यवसायी साथीहरु सकारात्मक हुनुहुन्छ, यसपटक अवसर दिनुभयो भने विभिन्न कार्ययोजनाका साथ उर्लाबारी उद्योग बाणिज्य संघको गरिमालाई अझ उच्च बनाउने गरी काम गर्नेछु ।’ व्यवसायीहरुको हक हितको लागि कटिवद्ध भई लागि पर्दै आउनुभएका न्यौपानेले संघको विपद् कोषलाई वृद्धि गराउने र संघको अधुरा कामहरु पुरा गर्ने मुख्य एजेण्डाका साथ अध्यक्षमा आफ्नो उम्मेद्वारी रहने बताउनुहुन्छ । उहाँले व्यपारीहरुलाई संघमा आवद्ध गराई उहाँहरुको सुखदुःखमा साथ दिने र संघलाई आधुनिक प्रविधिमैत्री बनाउने अभियानमा लाग्ने योजना रहेको सुनाउनुभयो ।
नेपाली कांग्रेस समर्थक ब्यवसायी न्यौपाने यस पटक अध्यक्षमा उम्मेद्वार बन्ने तयारी थालेपछि चुनाबी चहलपहल बढाएको छ । उहाँले अध्यक्षमा उम्मेद्वारी घोषणा नगरेपनि यस पटक उम्मेद्वार बन्ने उहाँको सुरसार छ । नेपाली कांग्रेस समर्थक ब्यवसायीबाटै पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरेङको नाम पनि चर्चामा छ । उहाँले उम्मेद्वार दिने वा नदिने भन्ने बारेमा केही नबोलेपनि यस पटक संघलाई चलयमान बनाउन उम्मेद्वार बन्ने मनसाय राख्नुभएको छ । उर्लाबारी–७ का ब्यवसायी दिपक कार्कीको घरमा आगलागी हुँदा नियन्त्रणका लागि त्यहाँ पुग्नु भएका सेरेङ सोही क्रममा गम्भिर घाइते बन्नुभएको थियो । ब्यवसायीहरुको हकहितमा अग्रणी सेरेङको पनि अध्यक्षमा चर्चा छ ।
त्यस्तै, एमाले समर्थक ब्यवसायीबाट चन्द्रबहादुर भट्टराई (भरत) को अध्यक्षमा चर्चा छ । एक कार्यकाल अध्यक्ष भइसक्नु भएका भट्टराईलाई यस पटक अघि बढाउने चर्चा छ । तर, यस बारेमा भट्टराईले केही बोलेका छैनन् । एमाले ब्यवसायीमा दमदार अध्यक्षको उम्मेद्वार भट्टराई नै हुने बताइन्छ । त्यस्तै, महासचिबमा वर्तमान सदस्य युवा ब्यवसायी नुतन राई (पिके) को चर्चा छ । सदस्यमा रहँदा संघको विकृतिविरुद्ध कडा रुपमा प्रस्तुत भएका राई यस पटक महासचिब बन्दै संघलाई चलयमान बनाउने दाउमा रहेको बुझिएको छ । उहाँले पनि उम्मेद्वारी दिने विषयमा केही बोलेका छैनन् । १ हजार ७ सय ४ जना सक्रिय सदस्य रहेको उर्लाबारी उद्योग वाणिज्य संघको चुनावी साधारण सभा आगामी भदौ पहिलो साता गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय