उर्लाबारी । उर्लाबारी ६ स्थित राधिका माविमा अध्ययनरत दुई छात्रालाई विद्यालय हातामै एक व्यक्तिले निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट अचेत बनेकी एकजना बालिकाको स्थानीय अरनिको हस्पिटलमा उपचार भैरहेको छ । कुटपिटपछि अचेत बनेकी बालिकाको दमकमा सिटी स्क्यानसमेत गरिएको बताइएको छ ।
उर्लाबारी ६ मधुमल्ला रोडस्थित टेलर्स व्यवसाय गर्ने रमेश बर्देवाले स्कुल पढ्न गएका आफ्नी छोरीसहित अर्की बालिकालाई कुटपिट गरेका हुन् ।
मंगलबार ११ः ३० बजेको समयमा आक्रोशित हुँदै विद्यालय छिरेका बर्देवाले कक्षा ७ मा अध्ययनरत गुरुङ थरकी बालिकालाई अफिस कोठामा बोलाउन लगाई कुटपिट गरेको खुल्न आएको छ । त्यसलगत्तै उनले छोरीलाई पनि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कक्षा ७ मा पढ्ने बालिकाले आफ्नी छोरीलाई ‘बिगारेको’ भन्दै बर्देवाले दुबैजना बालिकालाई कुटपिट गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ । बर्देवाकी छोरी राधिका माविमा कक्षा ६ मा अध्ययनरत छिन् । दुवैजनालाई मरणासन्न हुने गरी कुटपिट गरी भागेका
बर्देवालाई तत्कालै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिनुभयो । ठाडो उजुरीका आधारमा बर्देवालाई पक्राउ गरिएपनि घटना गम्भीर प्रकृतिको रहेकाले थप कार्वाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
उता विद्यालयका अध्यक्षसमेत रहनुभएका अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु लिम्बूले स्कुल परिसरमै छात्रा पिटिएको घटना निन्दनीय भएको भन्दै पीडित पक्षसंग छलफल गरी दोषीलाई कारबाहीका विषयमा अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय