उर्लाबारी । मोरङको उर्लाबारीका संचारकर्मीद्वय पुजन दास र सम्झना राईमाथि दुव्र्यवहार भएको छ ।
आज मोरङको कानेपोखरीमा भएको किरात राईहरुको उभौली पर्व साकेला समापन कार्यक्रमको समाचार संकलनका लागि पुगेका संचारकर्मीद्वय दास र राईमाथि दुव्र्यवहार भएको हो । किरात धार्मिक वन कानेपोखरीका अध्यक्ष ५० बर्षीय रामकाजी राईले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका छन् । संचारकर्मीद्धय दास र राईले उनीविरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा अभद्र मुद्धामा जाहेरी दिएका छन् । प्रेस सेन्टर नेपाल पूर्वी मोरङ शाखाका अध्यक्ष सरोज बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुव्र्यवहार घटनाप्रति खेद प्रकट गरेका छन् । संचारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कानुन बमोजिम कार्वाही गर्न अध्यक्ष बस्नेतले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय