उर्लाबारी । प्रेस सेन्टर नेपाल मोरङका सदस्यद्वय पुजन दास र सम्झना राईलाई समाचार संकलनका क्रममा दुव्र्यवहार गरेकोे घटनाप्रति प्रेस सेन्टर नेपाल उत्तरपूर्वी शाखाले ध्यानाकर्षण जनाएको छ ।
शाखाका अध्यक्ष सरोज बस्नेतले विज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा जेठ २३ गते बुधबार मोरङको कानेपोखरी गाउँपालिकामा किरात राई समूदायको उधौली पर्व (साकेला) कार्यक्रमको समापनमा पुगेका संचारकर्मीद्वयमाथि किरात धार्मिक वन कानेपोखरीका अध्यक्ष ६० बर्षीय रामकाजी भनिने कृष्णकुमार राईले बिना कारण अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको जनाइएको छ । ‘नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका संचारकर्मीहरुमाथि कुनै पनि बहानामा दुव्र्यवहार हुनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो’ विज्ञप्तिमा भनिएको छ –‘प्रेस सेन्टर प्रेसको संवैधानिक स्वतन्त्रतामाथि आघात पु¥याउने यो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ ।’ घटनामा संलग्न राईलाई कानुनबमोजिम कारबाही गर्न र पत्रकारलाई स्वतन्त्र, सुरक्षित र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गरी सुरक्षाको प्रत्याभूति दिलाउन प्रेस सेन्टर स्थानीय प्रशासनसँग माग गरेको छ ।























