उर्लाबारी । कोशी प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो । ताप्लेजुङमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, असार २ गते धिमाल जातिका लागि विदा दिने निर्णय गरेको छ । धिमाल जातिको प्रमुख पर्व जातिरी÷सिरिजात समापनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिनुभएको छ ।

यस्तै बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२–२०८५/०८६ ) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१/०८२ का् बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय