उर्लाबारी । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।
२०८० माघ १० माघ गतेदेखि ब्रेन ह्यामरेज भएर थलिनुभएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको हो । स्थानीय तह निर्वाचनमा उहाँ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । चार महिनादेखि अर्धचेत रहनुभएका उहाँलाई एक महिनायता घरमै राखिएको थियो । अध्यक्ष गम्भीर बिरामी परेपछि चार महिनायता ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहनुभएको छ ।























