उर्लाबारी । जगदगुरु तथा कुम्भ मेलाका परिकल्पनाकार वालसन्त मोहन शरण देवाआचर्यले बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला भब्य र सभ्य रुपमा सम्पन्न गराउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
सोमबार मोरङको उर्लाबारीमा जगदगुरु देवाआचर्यले भेटघाट कार्यक्रम गर्दै सबैको साथ र सहयोगले महाकुम्भ मेला भब्य रुपमा सम्पन्न भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको हो । गत चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म ३२ दिन वराहक्षेत्र नगरपालिका वडा नं १ प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आयोजना गरिएको थियो । उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिर ब्यवस्थापन समितिको समन्वयमा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ की अध्यक्ष उर्मिला थापा, समाजसेबी तेजकुमार रिजाल, मन्दिरकी पूर्वअध्यक्ष यामुना राईलगायतले बोल्नुभएको थियो । कार्यक्रममा उर्लाबारीका धार्मिक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व मन्दिरका अध्यक्ष राजन रायमाझीको सभापतित्व र सचिब इन्द्र भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सोही अवसरमा जगदगुरु देवाआचर्यले धार्मिक ब्यक्तित्वहरुलाई रामनामी लगाएर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय