उर्लाबारी । मोरङको रतुवामाई नगरपालिकामा आज शोक विदा दिएको छ ।
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको हिजो मृत्यु भएपछि आज रतुवामाईमा शोक विदा दिएको हो । नगरप्रमुख नागेश्वरप्रसाद सिंह गन्गाईले अध्यक्ष गच्छदारको असमायिक निधनप्रति दुःख प्रकट गर्नुभएको छ ।























