उर्लाबारी । भारी वर्षाका कारण मोरङको उर्लाबारी जलमग्न भएको छ ।
उर्लाबारीका नगरपालिकाका अधिकांश वडाहरु जलमग्न भएका हुन् । उर्लाबारी क्षेत्र भएर बग्ने खोलानालामा बाढी आएको छ । गएराती भएको चट्याङ्सहित मुसलधारे वर्षाले गर्दा जनजीवन प्रभावित भएको छ ।
कोशी प्रदेशको पूर्व क्षेत्र हुदै नेपाल भित्रिएको मनसुनको प्रभाव सुस्त गतिमा देखिएकोले सो क्षेत्रमा अझै एक सातासम्म यसको प्रभाव देखिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय