उर्लाबारी । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा चट्याङले लागेर एकजना किशोरीको मृत्यु भएको छ ।
मंगलबार विहान अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया विपना महतोको मृत्यु भएको हो । घरमै बसिरहेका बेला चट्याङले लागेर विपना गम्भीर घाइते भएकी थिइन् । चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।























