सरोज बस्नेत
उर्लाबारी । उर्लाबारी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
बुधबार नगरसभाको १२ औं अधिवेशनमा उपप्रमुख मिनाकुमारी पौडेलले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक नीति, कार्यक्रम तथा बजेट पेश गर्दै उक्त बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षको आयतर्फ आन्तरिक आम्दानी ९ करोड ९१ लाख ७८ हजार, संघीय सरकार वित्तीय समानिकरणतर्फ १६ करोड २१ लाख, संघीय सरकार विशेष अनुदान तर्फ ३ करोड, बाँडफाँटबाट प्राप्त हुने विज्ञापन कर ३ लाख ७० हजार, वित्तीय समानिकरण प्रदेश सरकारतर्फ १ करोड ३ लाख १८ हजार, सवारी साधन कर बाँडफाँट प्रदेश सरकारतर्फ ९७ लाख ७५ हजार, सडकबोर्डबाट प्राप्त हुने रकम ८० लाख, संघीय सरकार सशर्त अनुदानतर्फ ४५ करोड ८४ लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ ५८ लाख २ हजार ५ सय, रजिष्ट्रेशन बाँडफाँटबाट २ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदानतर्फ १ करोड ५० लाख, संघीय सरकार बाँडफाँट भई प्राप्त वन रोयल्टी ३७ लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर तर्फ १० करोड, जनसहभागितातर्फ १ करोड ९० लाख र आ.व. २०८०÷०८१ को मौज्दाततर्फ ९ करोड गरी जम्मा कुल आम्दानी १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ ।
त्यस्तै, व्ययतर्फ संघीय सरकार सशर्त अनुदानतर्फ ४५ करोड ८४ लाख, संघीय सरकार विशेष अनुदान तर्फ ३ करोड, संघीय सरकार समपुरक अनुदानतर्फ १ करोड ५० लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ ५८ लाख २ हजार ५ सय, सडकबोर्डबाट प्राप्त हुने रकम सडक मर्मततर्फ ८० लाख, जनसहभागितातर्फ १ करोड ९० लाख, चालू तथा प्रशासनिक खर्चतर्फ १४ करोड ९१ लाख ६० हजार, नगर गौरव आयोजनाको लागि आवश्यक रकम १ करोड, नगरपालिकाको समपूरक कोषतर्फ २ करोड, भवन निर्माणतर्फ १ करोड, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरुतर्फ १ करोड १५ लाख, विपद् व्यवस्थापन कोषमा १ करोड २५ लाख, मर्मत सम्भार कोषमा १ करोड २५ लाख, नगरपालिकाका विषयक्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम २७ करोड ४७ लाख ८१ हजार गरी कुल खर्च १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय अनुमान गरेको उपप्रमुख पौडेलले बजेट प्रस्तुत गर्नुभयो । जसमध्ये कूल चालु खर्चतर्फ ४२ करोड ८१ लाख १० हजार अर्थात कुल खर्चको ४०.७१ प्रतिशत र पूँजिगत खर्चतर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय अर्थात कुल खर्चको ५९.२९ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

उर्लाबारी नीति २०८१-८२.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय