सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्री बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्रुयु हुनेमा पन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवट रहेका छन् ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन् । जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय