रविन्द्र बराल, रंगेली
मोरङको रंगेलीदेखि गान्धि आश्रम हुँदै पथरी जोडिने गान्धी सडक बिगत ५ बर्षदेखि सुस्त गतिमा निर्माण कार्य हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।
रंगेली नगरपालिका– ७ स्थित भोटुवावु चोकदेखि रंगेली–६ स्थित सुनबर्षीको टकुवा सिमासम्मको सडक समयमै निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नु परेको हो । २०७६ कात्तिकमा सरकारले १ अर्ब ५५ करोड ७३ लाखमा २५ किलोमिटर सडकमा कालोपत्रेको जिम्मेवारी लिएको कान्छाराम कन्सट्रक्सनले नालाको काम सम्पन्न गरेता पनि अन्य काम नगर्दा बर्षाको समयमा सडमा पानी जम्ने समस्या भएपछि स्थानीयहरुलाई आवतजावत गर्ने समस्या हुने गरेको स्थानीय सत्यनारायण साहले बताउनुभयो ।
उक्त सडक निर्माणका लागि भोटोबाबु चोकदेखि सुनबर्षीको बोडरसम्म नगरपालिकाले ५२ फिट सडक निर्माणका लागि सम्पूर्ण संरचना हटाएर खाली गराएपनि ठेक्केदारको लापरबाहीका कारण कामले भने गति लिन सकेको छैन । उक्त बाटोबाट आवतजावत गर्ने बढी मात्रामा विद्यार्थी तथा स–साना बालबालिकाहरूलाई समस्या पर्ने गरेको छ । पानीमा लुगा भिजाउँदै र लुगा फोहोर पारेर विद्यालयसम्म जानुपर्ने बाध्यता रहेको अभिभावकले सम्पत राजवंशीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मोरङमा कान्छाराम कन्ट्रक्सनका प्रमुखलाई बारम्बार बोलाएर समेत काम गर्नको लागि दबाब दिएतापनि कुनै सुनवाई नभएको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले बताउनुभयो । उहाँले भन्नुभयो–‘अब असार १० गते नगरसभा पछि आफूले उक्त ठेकेदारलाई काम दवाव दिने र यदि ठेक्केदारले काम नगरेमा नगरपालिका आफैंले रकमबाट असार १२ गतेपछि काम गर्ने गछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय