उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले लागुऔषध न्यूनिकरणका लागि अभियान नै सञ्चालन गरिरहनुभएको छ ।
उर्लाबारीको कमाण्ड सम्हालेदेखि नै लागुऔषध कारोबारीहरुलाई पक्राउ गर्नेदेखि विद्यालय स्तरमा सचेतना फैलाउने काममा प्रहरी निरीक्षक दास सक्रियतापूर्वक खटिँदै आउनुभएको हो । सोही क्रममा मोरङको उर्लाबारी–४ खोर्सानीबारीबाट प्रहरीले प्रतिबन्धित औषधिसहित ६ जना युवालाई पक्राउ गरेको छ । उर्लाबारी– ४ का २५ बर्षीय सुजन खत्रीसहित २० बर्षीय सुमन तामाङ, २४ बर्षीय निर्मल मगर , उर्लाबारी–७ का २१ बर्षीय सुजन बराईली, उर्लाबारी–६ का २० बर्षीय सन्तोष विश्वकर्मा र देउमाई नगरपालिका– ५ घर भई हाल उर्लाबारी–७ मा बस्दै आएका २० बर्षीय सुरेन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उर्लाबारी–४ खोर्सानीबारीका खड्ग बहादुर खत्रीको घरमा उनका छोरा सुजनले आफ्नो कोठामा लुकाई छिपाई अवैध लागुऔषधसहित विक्री वितरण गरिरहेको सूचना प्रहरीले पाउनासाथ टोली परिचालन गरी उनीहरुलाई पक्राउ गरेको थियो । बिहीबार राती ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले खत्रीको घरबाट निट्राभेट १० लेखिएक १० गोटि, ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुलस्स आई.पी. लेखिएको ४ सय १५ गोटी, डिक्लोमीन ९२० लेखिएको १ सय २० गोटी, स्पासपैन लेखिएको २ सय ८५ गोटीसहित ६ सय २० ग्राम गाँजासहित युवाहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो । प्रहरीले उनको कोठाबाट १÷१ थान गाँजा काट्न प्रयोग हुने कैँची , सानो कटानी , बन्चरो आकारको कटानीसहित २ थान छुरी समेत बरामद गरिएको जनाएको छ । पक्राउ परेका उनीहरुलाई शुक्रबार मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय