रबिन्द्र बराल,रंगेली
मोरङको रङ्गेली नगरपालिका-४ स्थित चाेप्राह नजिकैमा रहेको घाँघी खाेलामा एक जना पुरूषको मृत्यु भएको छ।
मङ्गलबार रातिदेखि आएको अबिरल वर्षाका कारण खोलामा पानीको भेल बढेकाे थियोे । प्रहरीका अनुसार उनी आफ्नो खेतको लागि बिउ उखेल्नका लागि खोला तरेर आफ्नो खेततर्फ जाने क्रममा उनलाई खोलामा आएको बाढीले बगाएको थियाे । धानको बिउ उखेल्न खोला तर्ने क्रममा साेही स्थान बस्ने वर्ष ४० का नागेश्वर मण्डललाई खाेलामा आएकाे बाढीले बगाएकाे र सूचना प्राप्त भएपछि सशस्त्र बिओपी चाेप्राह र इलाका प्रहरी कार्यालयको रंगेली तथा स्थानीय बासिन्दाहरूको संयुक्त टोलीले खोलाको १०० मिटर उत्तर तर्फ तीन घण्टाको प्रयासपछि उक्त लास फेला परेको सशस्त्र विओपी रङ्गेलीका प्रहरी निरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभएकाे छ ।























