उर्लाबारी । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाअनुसार मोरङको उर्लाबारी–७ पशुपति आमाबिकी छात्रा अन्वेशा बस्नेतले ४ जिपिए ल्याएकी छिन् ।
देशभरमा १८६ जनाले ४ जिपिए ल्याएका छन् । जसमध्ये बस्नेतले पनि सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् । गत बर्ष पशुपति आमाविकै आदर्श भट्टराईले जिपिए ४ ल्याएका थिए । कोशी प्रदेशबाट उनले मात्रै गत बर्ष जिपिए ४ ल्याएका थिए ।























