रबिन्द्र बराल, रंगेली
इलाका प्रहरी कार्यालय रंगेलीले अहिले सम्मकै ठूलो परिणाममा गाँजासहित एक जनालाई पक्राउ गर्न सफल भएको छ ।
धनपालथान गाँउपालिका वडा नम्बर ७ स्थित कमलपुर टोल बस्ने बर्ष ३० का राजकुमार सिंहले आफ्नो घरमा लुकाइ राखेको अवस्थामा प्रहरीको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली तथा प्रहरी चौकी गडेरिया,कर्सिया, पोखरिया, अमाही तथा मायागंजबाट खटिएकोे प्रहरी टोलीले खोजतलास गर्दा उनको करेसा बारीमा भएको बाँसको टाटीले बारेको टिनको छानो मुनि गहुँको भुस राख्ने भुसगोठभित्र बोरामा अवैध गाँजा लागू औषध ४९ बोरा प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीका अनुसार उक्त गाँजा १५ सय ४८ केजी बरामद गरिएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । उनलाई थप अनुसन्धान गरि मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय