उर्लाबारी । गुणस्तरिय शिक्षा, उपयोगी ज्ञान, उज्जवल भविष्य पशुपतिको पहिचान भन्ने नाराका साथ मोरङको उर्लाबारी–७ मा रहेको पशुपति आवाशिय माध्यमिक विद्यालय जिल्लाको मात्र नभएर प्रदेशमा नै चर्चामा रहेको विद्यालय हो । लामो इतिहास बोकेको यस बर्षको एसईईमा मोरङबाट ८ जनाले ४ जिपिए ल्याए । त्यसमा पशुपतिकी छात्रा अन्वेषा बस्नेत अग्रपंक्तिमा रहिन् । उनी उर्लाबारीबाट ४ जिपिए ल्याउने एकमात्र विद्यार्थी बनिन् । एसईईमा सहभागी भएका अन्य विद्यार्थीको नतिजा समेत राम्रो भएको प्रिन्सिपल आनन्द कार्कीले जानकारी दिनुभयो । २०३७ सालमा स्थापित सो विद्यालयले हरेक वर्ष एसएलसी र एसईई दुवै परिक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । गत बर्ष पशुपति आमाविका छात्र आदर्श भट्टराईले जिपिए ४ ल्याएका थिए । कोशी प्रदेशमै ४ जिपिए ल्याउने आदर्श एक्ला विद्यार्थी बनेका थिए ।

पशुपतिले कोशी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएर आफुलाई अब्बल सावित गरिसकेको छ । यस अर्थमा पनि पशुपति कोशी प्रदेशकै उत्कृष्ट विद्यालयमा गनिन्छ । पशुपति उर्लाबारीकै पहिलो निजी जिद्यालय हो । यहाँ उर्लाबारीसहित रतुवामाई, पथरीशनिश्चरे, मिक्लाजुङ, दमकलगायत क्षेत्रका विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । पशुपति आमावि पछि उर्लाबारी र आसपासका क्षेत्रमा अन्य निजी विद्यालय खुलेपनि यहाँ पहिलो पटक कम्प्युटर विज्ञान अध्यापन सुरु गर्ने, विद्यालय बसको प्रयोग गर्ने, विद्यार्थीलाई विदेश भ्रमणमा लान थालनी गर्ने पनि पहिलो विद्यालय पशुपति नै हो । विद्यालयले यी विषयलाई अहिले पनि निरन्तरता दिँदै आएको छ । एसएलसीमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आएको पशुपति बोर्डिङले बेला बखत राष्ट्रिय स्तरका विभिन्न पुरस्कार प्राप्त गरेको छ । २०५० सालमा एसएलसीमा पूर्वाञ्चल प्रथम भई नगद ५० हजार र गोरखा दक्षिण बाहुबाट विद्यालय सम्मानित भएको थियो । २०६३ सालको एसएलसीमा पूर्वाञ्चल तृतीय भएको थियो । यहाँ अध्ययन गरेका सयौं विद्यार्थीहरु डाक्टर, इन्जिनियर, निजामति अधिकृत, पिएचडी डाक्टर भइसकेको संस्थापक विजयकुमार कार्कीले बताउनुभयो ।
तल्ला कक्षामा मन्टेश्वरी पद्दतिबाट पठनपाठन गराउँदै आएको यस विद्यालयले सैद्धान्तिकभन्दा प्रयोगात्मक विधिलाई जोड दिँदै आएको छ । विद्यार्थी आफैंले गरेर सिक्ने पद्दतिलाई अवलम्बन गरी बालबालिकाको चौतर्फी विकासमा टेवा पु¥याउँदै आएको छ । विद्यार्थीको उमेर, क्षमता र आवश्यकता अनुरुप शिक्षण क्रियाकलाप सञ्चालन गरिएको प्रिन्सिपल आनन्द कार्कीको भनाई छ ।

पशुपतिमा १ हजार ९ सय ६० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दक्ष, अनुभवी र परिपक्वता हासिल गरेका शिक्षक शिक्षिकाबाट अध्यापन गराइने विद्यालयमा कमजोर विद्यार्थीका लागि कोचिङ कक्षाको व्यवस्था गरिएको प्रिन्सिपल कार्कीले बताउनुभयो । बालमैत्री वातावरणमा प्रयोगात्मक पद्धतिबाट निरन्तर सिकाइलाई विद्यालयले अघि बढाएको छ । टाढाबाट आउने विद्यार्थीका लागि बसको व्यवस्था, डे बोर्डसको व्यवस्था, विद्यालय हातामा सुविधा सम्पन्न क्यान्टिनको व्यवस्था, व्यस्त अभिभावकका नानीबाबुहरुलाई विद्यालयमा नै खाजा खुवाउने व्यवस्थालगायत पशुपति आमाविका विशेषता रहेका छन् ।
नियमित रुपमा पढाईकाअलवा अन्य विविध अतिरिक्त क्रियाकलापहरु समेत सञ्चालन गर्दै आएको सो विद्यालयमा यसपटक भने प्लस टुको लागि समेत राष्ट्रिय सेवा दलको क्याडेट तालिम सञ्चालन गरिने भएको छ । यसअघि पशुपतिले माध्यमिक तहमा राष्ट्रिय सेवा दलको क्याडेट तालिम सञ्चालन गरिसकेको छ । प्रिन्सिपल कार्कीकाअनुसार यस पटक मोरङ जिल्लामै पहिलो पटक प्लस टु तहका विद्यार्थीहरुको लागि उक्त तालिम पशुपतिमा संचालन हुनेछ । यसैबिच पशुपतीमा प्लस टुमा शैक्षिक सत्र २०८१ को लागि विज्ञानसहित व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साईन्स र विजनेसलगायतका शैक्षिक कार्यक्रमहरुमा रजिष्ट्रेशन फाराम खुलाईएको कलेजका प्रिन्सिपल कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११ को नयाँ शैक्षिक सत्रको प्रवेश परिक्षा असार २२ गते शनिबार विहान ८ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय