सरोज बस्नेत
उर्लाबारी । विषयगत शिक्षकको अभाव, भौतिक पूर्वाधारको कमीलगायतका कारण यस वर्ष पनि एसईई परीक्षामा सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा कमजोर देखिएको छ । तर, राम्रो व्यवस्थापन भएका केही सामुदायिक विद्यालयको नतिजा भने सन्तोषजनक रहेको छ ।
उर्लाबारी–६ मा रहेका राधिका माध्यमिक विद्यालयले सन्तोषजनक नतिजा ल्याएको छ । ३ सय ३५ जना सहभागीमध्ये २ सय २९ जना उतिर्ण भए भने १ सय ६ जना असफल भए । राधिकाले ६८ प्रतिशत नतिजा ल्याएको छ । त्यस्तै, उर्लाबारी–८ को अरनिको माध्यमिक विद्यालयको पनि नतिजा सन्तोषजन छ । ६० जना सहभागीमध्ये ३७ जना उतिर्ण भएका छन् भने २३ जना असफल भए । अरनिकोले ६२ प्रतिशत नतिजा ल्याउन सफल भयो । अन्य सामुदायिक विद्यालयको नतिजा भने निराशाजनक छ ।
उर्लाबारी–७ को राधिका माबि सबैभन्दा कमजोर विद्यालय सावित भयो । २४ जना सहभागीमध्ये एक जनालाई पनि उतिर्ण गराउन यो विद्यालय सफल भएन ।
त्यस्तै, उर्लाबारीको उत्कृष्ट विद्यालयमा गनिएको उर्लाबारी–८ को लक्ष्मी माध्यमिक विद्यालयको नतिजा पनि सुखद रहेन । ५० जना सहभागीमध्य २ जना मात्रै उतिर्ण भए । त्यस्तै, उर्लाबारी–३ को दुर्गा माबिबाट ४० जना सहभागीमध्ये एक जना मात्रै उतिर्ण भए भने ३९ जना असफल बने ।
त्यस्तै, उर्लाबारी–२ को सुनझोडा माबिबाट २९ जना सहभागीमध्ये २ जना उतिर्ण भए भने २७ जना असफल भए । त्यस्तै, उर्लाबारी–९ को सार्वजनिक माबिबाट २२ जना सहभागीमध्ये ४ जना उतिर्ण र १८ जना असफल भए भने उर्लाबारी–१ को शारदा माबिबाट ३७ जना सहभागीमध्ये ६ जना उतिर्ण र ३१ जना असफल भए ।
त्यस्तै, उर्लाबारी–२ को सुनपकुवा माबिबाट १ सय ४८ जना सहभागीमध्ये ४३ जना उतिर्ण र १ सय ५ जना असफल भए । उर्लाबारीमा रहेका सामुदायिक विद्यालयको सुधारमा बर्षेनी लाखौं रुपैयाँ खर्चिने गरेको भएपनि गुणस्तर सुधार हुन सकेको छैन । सामुदायिक विद्यालयमा चरम राजनीतिका कारण पनि निरन्तर गुणस्तर खस्ँिकदै गइरहेको जानकारहरु बताउँछन् ।























