काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाललाई कार्वाही गर्ने तयारी गरेको छ ।
उपसभापति डिपी अर्यालले महामन्त्री ढकालको कार्यशैली र व्यवहारप्रति आपत्ति जनाउँदै महामन्त्री मान्न नसकिने बताउनुभएको हो । उहाँले पार्टीमा आँच आउने काम गरेकाले महामन्त्री ढकाललाई नमान्ने बताउनुभयो । पार्टी स्रोतका अनुसार महामन्त्री ढकाललाई कार्वाही गर्ने तयारी भइरहेको छ ।























