काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधब नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।
१० औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । झलनाथ खनाल सम्मानित नेता चयन हुनुभएको छ । अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।























