उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस मोरङ जिल्लाको उर्लाबारी–४मा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो । यस क्याम्पसले २०४३ सालमा स्थापना भई स्नातकोत्तर स्तरसम्मको शिक्षा प्रदान गर्दै आएको छ । यहाँका अनुभवी र योग्य प्राध्यापकहरूले उत्कृष्ट शैक्षिक गुणस्तर सुनिश्चित गर्दै आएका छन् । यहाँ आधुनिक पुस्तकालय, प्रयोगशाला, शान्त वातावरण,मल्टिमिडियाको प्रयोग, आफ्नै बस भएकोले यातायातको सुविधा र अन्य प्राविधिक सुविधाहरूले शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै लगिएको छ । यस क्याम्पसले विद्यार्थीहरूलाई उनीहरूको रुची र करियर लक्ष्यअनुसार विभिन्न शैक्षिक कार्यक्रमहरू अध्ययन गर्ने अवसर प्रदान गरेको क्याम्पस प्रमुख खेमराज कार्कीले जानकारी दिनुभयो । विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुर्याउन आधुनिक शिक्षण विधि, सरोकारवालाहरुसँगको समन्वयले क्याम्पसलाई शैक्षिक क्षेत्रमा अग्रणी बनाएको उहाँले बताउनुभयो । अहिले उर्लाबारी क्याम्पसमा पढ्ने विद्यार्थीहरुको संख्या बढ्दो छ । पछिल्लो समयमा शिक्षाको महत्वबारे जागरुकता बढ्दै गएको र अभिभावकहरू आफ्नो छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन उत्सुक देखिएका कारण उर्लाबारी बहुमुखी क्याम्पसजस्ता शैक्षिक संस्थाहरूको उपलब्धता र आधुनिक शिक्षण विधिले पनि विद्यार्थीहरूको संख्यामा वृद्धि भएको क्याम्पस अध्यक्ष पुष्पलाल ढकालले बताउनुभयो । कक्षा ११ मा शिक्षा (मेजर अंग्रेजी , नेपाली, स्वास्थ्य र शिक्षा), कमर्शका बिषय अंग्रेजी र नेपाली माध्यमबाट अध्यापन र मानविकी संकायमा अध्यापन गराइने गरिएको छ । गुणस्तरीय शिक्षा, क्याम्पसमा अनुभवी र योग्य प्राध्यापकहरूको टिमलगायतका कारण पनि विद्यार्थीहरुको आकर्षण देखिएको छ । क्याम्पसले विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्ने र विद्यार्थीहरूलाई उनीहरूको रुचि र करियर लक्ष्यहरू अनुरूप अध्ययन गर्न अवसर दिने गरेको छ ।
आन्तरिक परीक्षाको व्यवस्था, विशेष कक्षाको व्यवस्था, प्राथमिक स्वास्थ्य उपचार केन्द्रको व्यवस्था, ड्रेसिङ रुमको व्यवस्था, स्वच्छ खानेपानी तातो वा चिसो, व्यवस्थित चमेना गृह, तत्काल गुनासो सुनवाई हुने, प्राध्यापक तथा समितिबाट विभिन्न उपसमिति गठन गरिएको र प्लस टुलाई व्यवस्थित गर्नका निमित्त छुट्टै सञ्चालक समिति तथा कोअर्डिनेटरको व्यवस्था गरिएको क्याम्पसले जनाएको छ । त्यसैगरी क्याम्पसले रेडियो उद्घोषण तालिम, उद्घोषण तालिम, सहकारी तालिम, बैंकिङ तालिम ,बैठक सञ्चालन तालिम, लघु अनुसन्धान कार्यक्रम, पुस्तकालय तालिम, विपद व्यवस्थापन तालिम, खेलकुद प्रतियोगिता, औद्योगिक संस्थाबाट तालिम, रोजगारमूलक तालिम लगायतका तालिमहरूको व्यवस्थापन क्याम्पसले गर्दै आएको छ ।























