उर्लाबारी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आज उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अनुगमन गर्नुभएको छ । अस्पतालको विविध पक्षको अनुगमनका लागि आउनुभएका उहाँले अस्पतालको सेवा प्रवाह, पूर्वाधारलगायतका विषयमा जानकारी लिनुभयो । सो अवसरमा प्रदेश सांसदद्वय उमाकान्त गौतम र शोभा पालुङ्वा, उर्लाबारी नगरपालिकाका उपप्रमुख मीना खतिवडा पौडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारी, बजेट शाखा प्रमुख डम्बरप्रसाद घिमिरे, स्वास्थ्य मन्त्रालयका प्राबिधिक, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बाँस्तोलालगायतको सहभागिता रहेको थियो । सो अवसरमा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रविकुमार शाहले अस्पतालको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । अस्पतालमा आईसियु सेवा सुरु गर्नका लागि स्वास्थ्य उपकरण रहेपनि जनशक्तिको अभावमा सुरु हुन नसकेकाले ब्यवस्थापन गरिदिन मन्त्री समक्ष आग्रह गरिएको थियो । अस्पतालको सुबिधा सम्पन्न भवन निर्माणका लागि ठेक्का आह्ववानको तयारी भईरहेको छ । केहि महिनामै अस्पतालमा सिटिस्क्यान मेसिन जडान गर्ने तयारी समेत भईरहेको छ ।























