काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएका अध्यक्ष ओलीको पद तथा गोपनीयताको शपथ आजै साँझ हुने बताइएको छ । शपथलगतै उहाँले मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपतिले शुक्रबार आह्वान गरेपछि एमाले र नेपाली कांग्रेसले १६६ सांसदहरुको समर्थनसहित ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए । संविधानको धारा ७६ (२) मा प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ ।

 

अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार राति राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दाबी पेश गर्नुभएको थियो ।

अध्यक्ष ओलीले एमालेका ७८ र कांग्रेसका ८८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चौथो पटक प्रधानमन्त्री बन्न लाग्नुभएका अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय