उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा पूर्वअध्यक्ष धर्मराज शाक्यले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गर्नुभएको हो । आफु कुनै स्वार्थका लागि नभई आम उद्योगी तथा ब्यवसायीहरुको हकहितका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको उहाँले प्रष्ट पार्नुभएको छ । यसअघि तारामान सेरेङ र विनोद न्यौपाने पनि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ ।























