उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा नेतृत्व चयनलाई सर्वसम्मत बनाउने विषयमा छलफल भएको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघको समन्वयमा उर्लाबारीका राजनीति दलहरुबीच छलफल भएको हो । नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बू, एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, नेकपा माओवादी उर्लाबारीका कार्यवहाक अध्यक्ष टेकबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीका सभापति उमेशजंग थापा, एकीकृत समाजवादी उर्लाबारीका अध्यक्ष डिबी थापा, जनता समाजवादी पार्टी उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, पूर्वअध्यक्ष भरत भट्टराईलगायतको उपस्थिति रहेको थियो । पहिलो चरणमा छलफल सकारात्मक भएको माओवादी उर्लाबारीका कार्यबहाक अध्यक्ष टेकबहादुर भट्टराईले बताउनुभयो ।























