उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभा भदांै पहिलो साता हुने तयारी छ । मिति घोषणा नभएपनि भदौं पहिलो साता साधारणसभा हुने भएपछि आकांक्षीहरुले आफ्नो गतिबिधि अघि बढाइरहेका छन् ।
पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरेङ, वर्तमान कानुनी सल्लाहकार तथा पूर्व बरिष्ठ उपाध्यक्ष विनोद न्यौपाने र पूर्वअध्यक्ष धर्मराज शाक्यले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् । सेरेङ नेपाली कांग्रेस समर्थक ब्यवसायीहरुको प्रतिनिधित्व गर्दै उम्मेद्वार बनेका छन् भने न्यौपाने र शाक्यले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । एमाले, माओवादीलगायत दल समर्थक ब्यवसायीहरुले भने उम्मेद्वारी घोषणा गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय