काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक मंसिर १० गते दिनको १ बजे हुने तय गरिएको छ ।

वुधबार बैठकमा दुवै अध्यक्षले पेश गरेका प्रस्ताव माथि छलफल गर्ने तालिका रहेको थियो ।

हिजोको बैठकमा दुवै अध्यक्षले आफ्नो धारणा राखेको थिए भने आजको बैठकमा बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यसूची थियो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला बैठक नियमित भएपनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय