उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको सदस्य भएर व्यवसायीको पक्षमा काम गरिरहनुभएका उर्लाबारीका युवा ब्यवसायी नुतन राई (पिके) महासचिव पदका दर्बिला उम्मेद्वारका रुपमा चिनिनु भएको छ ।
उर्लाबारी – ५ मा पर्शु किँरात ट्राभल्स एण्ड टुर्स प्रालि सञ्चालन गर्दै आउनुभएका राईले संघको भदौंमा हुने निर्वाचनमा महासचिबमा उम्मेद्वारी दिने घोषणासँगै दर्बिला उम्मेद्वारको रुपमा हेरिएको हो । उहाँले स्थानीय सरकारले लगाएको अबैज्ञानिक कर प्रणालीलाई हटाई वैज्ञानिक तरिकाले कर प्रणाली लागू गर्न पहलकदमी लिने, उर्लाबारीमा रात्रिकालिन व्यवसाय सञ्चालनका लागि पहल गर्दै पूर्वाधार निर्माणमा आफ्नो भूमिका निर्वाह गर्ने , अब्यवस्थित रुपमा रहेको पार्किङलाई व्यवस्थापन गर्नका लागि स्थानीय सरकारसंग पहल गर्ने, देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको निजी व्यवसायलाई थप दर्बिलो बनाउन पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ । उहाँले निर्वाचनको समयमा हुने प्रचारवाजी भन्दा ब्यवसायीको पक्षमा काम गर्नेलाई मत दिन आग्रह समेत गर्नुभएको छ । राई संघको वर्तमान कार्यसमिति सदस्यसमेत रहनुभएको भएको छ । उहाँले सदस्य हुँदा संघमा भएका बेतिथिका बारेमा भण्डाफोरका साथै ब्यवसायी तथा उद्योगीको पक्षमा अग्रमोर्चामा रहेर काम गर्नुभएको छ । त्यसैकारण पनि यस पटक उहाँको उम्मेद्वारप्रति ब्यवसायी तथा उद्योगीहरुले सकारात्मक लिँदै जिताउन कम्मर कसेर लागेका छन् । स्पष्ट धारणा राख्नुहुने राईले तमाम उद्योगी तथा ब्यवसायीहरुका समस्या समाधान नै पहिलो प्राथमिकता रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय