उर्लाबारी । भदौंमा हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा एमाले समर्थक ब्यवसायीहरुको तर्फबाट डिल्ली खतिवडा र राम थापामध्ये एकलाई अध्यक्षको उम्मेद्वार बनाउने भएको छ ।
खतिवडा वर्तमान उद्योग उपाध्यक्ष हुनुहुन्छ भने थापा पूर्वमहासचिब हुनुहुन्छ । एमालेले अन्य पार्टी समर्थक ब्यवसायीहरुसँग पनि छलफल र परामर्श चलिरहेको पार्टीका नगरअध्यक्ष गंगाप्रसाद बास्तोलाले बताउनुभयो । ‘एमाले समर्थक ब्यवसायीको नेतृत्वमा साझा उम्मेद्वार बनाएर निर्वाचनमा जान्छौं’ अध्यक्ष बास्तोलाले भन्नुभयो–‘चाँडै साझा उम्मेद्वारको घोषणा हुनेछ ।’ अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डिल्ली खतिवडा र पूर्वमहासचिब राम थापामध्ये एक जनालाई उम्मेद्वार बनाएर अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
यसअघि कांग्रेसले तारामान सेरेङको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने विनोद न्यौपानेले पनि अध्यक्षमा उम्मेद्वार घोषणा गरिसकेका छन् । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा ज्ञानु श्रेष्ठ, महासचिबमा नुतन राई (पिके), कोषाध्यक्षमा दशरथ यादब (बेचन), सदस्यमा दिपक कार्कीले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।























