उर्लबारी।मिक्लाजुङ ५ को धानखेती क्षेत्रमा खानेपानीको मुहान बाढीले बगाएपछि स्थानीय किसानहरु चिन्तित बनेका छन्।
स्थानीय काभ्रे धानखेती र गौमती धान खेती का मानिस खानेपानीको मुहान बाढीले बगाएपछि डोकामा पानी बोक्न बाध्य भएका छन्। विगतमा नालाबाट पानीको व्यवस्थापन गरेर दुईवटा मुहानबाट करिब ११५ परिवारले घरघरमै पानी खाइरहेका थिए करिब डेढ महिना अगाडिदेखि पानीको मुहान भत्किएपछि अहिले उनीहरु धान खेतीमा रहेको कुवाबाट पानी ओसार्न बाध्य भएको स्थानीय बलबहादुर बोगटीले बताएका छन्। उनका अनुसार घरमा पानी ल्याउन करिब ४५ मिनेटदेखि एक घण्टा लाग्ने गरेको छ। स्थानीयले घर घरमा पानी पुर्याउने चुनावी आश्वासन मात्र रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । यस बारेमा वडा अध्यक्ष मेघराज तामाङले खानेपानीको बारेमा आफूसँग कुनै कुरा नभएको र बिगतमा पानीको महसुल पनि नबुझाउने पनि छन् ।तैपनि समस्या भएकाहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन्।
यस बारेमा मिक्लाजुङ गाउँ पालिका उपाध्यक्ष दिनेश पौडेलले बुझेर समस्या समाधान गर्ने बताएका छन् ।























