उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले वर्तमान बरिष्ठ उपाध्यक्ष यामलाल रसाईलीलाई अध्यक्ष पदमा उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
आज बसेको बैठकले अध्यक्ष पदमा रसाईलीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । ब्यवसायी तथा उद्योगीहरुको हितमा काम गर्दै आउनुभएका रसाईलीलाई सबैको राय र सल्लाहअनुसार अध्यक्ष पदको उम्मेद्वार बनाएको नेकपा माओवादी केन्द्र उर्लाबारीका कार्यबहायक अध्यक्ष टेकबहादुर भट्टराईले बताउनुभयो ।
प्रगतिशिल साझा उम्मेद्वारको रुपमा रसाईलीलाई अघि बढाइएको छ । त्यस्तै, महासचिबमा पवन चौधरी, कोषाध्यक्षमा राधिका काफ्ले, सदस्यहरुमा बासु घिमिरे, बुलन पासवान र लोकनाथ पौडेललाई उम्मेद्वार बनाउने निर्णय भएको छ । अन्य पदमा अन्य पार्टी समर्थक क्रियाशिल ब्यवसायीहरुसँग सहकार्यका लागि खाली राखिएको छ ।























