उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघमा लोकतान्त्रिक समावेशी साझा गठबन्धनको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई चुनाव ताका गरिएका प्रतिबद्धता अनुसार काम गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
लोकतान्त्रिक समावेशी साझा गठबन्धनको तर्फबाट आयोजना गरिएको शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले चुनाब ताका गरिएका प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयनमा लाग्न सुझाव दिनुभयो । उहाँले व्यवसायी तथा उद्योगीहरुको हितमा कटिबद्ध भएर लाग्न पनि उहाँले निर्वाचितहरुलाई आग्रह गर्नुभयो । कसैको प्रभाव र दबाबमा भन्दा पनि व्यवसायीको हितका काम गर्न आवश्यक रहेको उहाँले औलाउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता प्रेम मिभक,राप्रपाका नेता ज्ञानेन्द्र ओली, जसपाका नेता देवराज थापा मगरलगायतले बोल्दै व्यवसायीको पक्षमा काम गर्न सबै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभयो । गठबन्धनको तर्फबाट अध्यक्षमा तारामान सिरेङ लिम्बू, उद्योग सचिबमा भेषबन्दु निरौला, बाणिज्य सचिबमा राजकुमार श्रेष्ठ (मकै), कोषाध्यक्षमा दशरथ यादब (बेचन), सदस्यहरुमा केशब भट्टराई, फुर्वा तामाङ (छिरिङ), दिपेन्द्र कार्की (दिपक), मदनप्रसाद दाहाल, सोमबहादुर गजमेर र सदस्यमा बासुदेव घिमिरे (बासु) बहुमत पदाधिकारी एबं सदस्यमा निर्वाचित हुनुभएको छ भने लेखा समिति संयोजकमा मनोज लुईटेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । कार्यक्रम गठबन्धनका मूल समितिका संयोजक सुरेन्द्र लिम्बूको सभापतित्व एबं सदस्य सचिब मात्रिका धिमालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय