कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। शुक्रबार ओली निवास पुगेर उहाँले पूर्वप्रधानमन्त्री ओलीलगायत शोकाकुल परिवारजनसँग भेट गरी समवेदना प्रकट गर्नुभएको हो। राज्यमन्त्री चेम्जोङले बुबाको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै, उहाँले शोकाकुल परिवार तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय