उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित आशा किरण बोर्डिङ स्कुलको ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय परिसरमै आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता देखिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगर प्याब्सनका अध्यक्ष सूर्यकुमार पौडेल रहनुभएको थियो भने उर्लाबारी नगर प्याब्सनका सचिव एल.पी. राई, सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष सरोज बस्नेत र घनश्याम भण्डारी, विद्यालयका निर्देशक नवीन राई, सञ्चालक सदस्य डिक तामाङलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयद्वारा सञ्चालन गरिएका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरूको प्रतिभा, अनुशासन र सिर्जनशीलता झल्काउने विविध सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । सो अवसरमा बोल्दै निर्देशक नवीन राईले हालसम्म ‘बेथेल एकेडेमी’ को नामबाट सञ्चालन हुँदै आएको विद्यालयलाई यसै शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनसहित ‘आशा किरण बोर्डिङ स्कुल’ का रूपमा अघि बढाइने जानकारी दिनुभयो । उहाँले निजी क्षेत्रको पहलमार्फत स्थानीय स्तरमै गुणस्तरीय शिक्षाको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयकी प्रिन्सिपल एनि राईले आशा किरण बोर्डिङ स्कुललाई नयाँ उचाईमा पु¥याउन सबै पक्षको सकारात्मक साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो । नयाँ व्यवस्थापनसहित गुणस्तरीय शिक्षामा प्रतिबद्ध रहेको उहाँको भनाई छ । विद्यालयका कक्षा ७ सम्म पढाई हुँदै आएको छ भने हाल १ सय २० जना विद्यार्थी अध्ययरत रहेका छन् ।























