उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङको पहलमा उर्लाबारी चौक ब्यवस्थित बनाउन सुरु गरिएको छ ।
आइतबार उर्लाबारी चौक क्षेत्रमा ब्यवस्थित बनाउन सम्याउने कार्य भएको हो । उर्लाबारीको मुख्य चौक नै कुरुप बनेपछि संघका अध्यक्ष सिरेङको पहलमा सम्याएर रोलर लगाएर व्यवस्थित बनाइने जनाइएको छ । व्यवसायीहरुले चाडपर्वमा उर्लाबारी चौकमा पानीले खाल्डाखुल्डी परेको गुनासो भएपछि पहिलो चरणमा सम्याउने काम भएको र रोलर लगाएर व्यवस्थित बनाइने अध्यक्ष सिरेङले बताउनुभयो । संघका बरिष्ठ उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठ, महासचिब सम्झना खतिवडा, वाणिज्य सचिब राजकुमार श्रेष्ठ (मकै), लेखा सदस्य बासु घिमिरे, युवा व्यवसायी नुतन राई (पिके)लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय