
उर्लाबारी । गाईवस्तुलाई खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट उर्लाबारीकी नरमाया दंगालले आकर्षक घरायसी सामग्री उत्पादन गर्न थाल्नुभएको छ ।
उहाँले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन गरी विक्री वितरण सुरु गर्नुभएको हो । गाउँघरमा उत्पादित कच्चा पदार्थ खेर गइरहेको हुन्छ, कच्चा पदार्थ उपयोग गरी कार्यक्रममा अतिथिलाई लगाउने ब्याज तथा रंगीचंगी फुलहरु निर्माण गरिरहनुभएको छ ।
प्लास्टिकजन्य पदार्थको बढी उपयोगले वातावरणमा प्रदूषण बढाउने भएकोले मकैको खोस्टाबाट बनेका वस्तु प्रयोगले वातावरणमैत्री हुने भएकोले बढी उपयोगी हुने देखिएको छ । मकैको खोसेलाबाट निर्माण गरिएका ब्याजको माग बढ्न थालेको सञ्चालक दंगालले बताउनुभयो ।