उर्लाबारी । उर्लाबारी चौकमा खाल्डाखुल्डी परेर कुरुप बन्यो । तर, सडक विस्तारको बहनामा उर्लाबारी नगरपालिकाले कुनै चासो दिएको थिएन । त्यसपछि उर्लाबारी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष तारामान सिरेङ लिम्बूले उर्लाबारी चौक ब्यवस्थित बनाउने अठोट लिनुभयो । उहाँले नगरप्रमुखसँग पनि चौक व्यवस्थित बनाउन अनुरोध गर्नुभयो । सुरुमा सकारात्मक बन्नुभएका नगरप्रमुखले पछि त्यो शिर्षकमा बजेट नभएको बताउनुभयो । त्यसपछि अध्यक्ष सिरेङले निर्माण व्यवसायी भीम पौडेलसँग सहकार्य गरी उर्लाबारी चौक ब्यवस्थित बनाउन सुरुवात गर्नुभयो । अध्यक्ष सिरेङको काममा उर्लाबारी उदोग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु पनि जुट्नु भयो । अध्यक्ष सिरेङसँगै महासचिब सम्झना खतिवडा पनि निरन्तर उर्लाबारी चौक ब्यवस्थित बनाउन सक्रियपूर्वक खटिरहनुभएको छ । उहाँहरु फिल्डमै खटिएर झार उखल्ने, ढुंगा टिप्न कार्यमा सरिक रहनुभएको छ । उहाँसँगै निरन्तर कार्यसमिति सदस्य फुर्वा तामाङ (छिरिङ), लेखा समिति सदस्य बासुदेव घिमिरे, पूर्व कार्यसमिति सदस्य नुतन राई (पिके) पनि श्रमदानमै खटिनुभएको छ ।
संघका बरिष्ठ उपाध्यक्ष ज्ञानुकमार श्रेष्ठ, उद्योग उपाध्यक्ष सुनिल बोहोरा, वाणिज्य सचिब राजकुमार श्रेष्ठ (मकै), कार्यसमिति सदस्य दिपेन्द्र कार्की (दिपक)लगायतको सहभागिता रहेको छ । चौकमा रहेका खाल्डाखुल्डी पुर्ने र रोलर लगाएर ब्यवस्थित बनाउने काम भएको छ । चाडपर्वसँगै व्यवसायी तथा सर्वसाधारणलाई सहज होस् भन्ने हेतुले उर्लाबारी चौक ब्यवस्थित बनाएको अध्यक्ष सिरेङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय