
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासको सरुवा भएको छ । उर्लाबारीका कार्यरत प्रहरी निरीक्षक दासको वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा सरुवा भएको हो ।
दासको सरुवा भएपछि उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्न प्रहरी वृत्त जनसेवा काठमाडौंबाट राकेश यादव आउने हुनुभएको छ ।