उर्लाबारी । नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को १६ औं मोरङ जिल्ला अधिवेशनबाट सरोज किराती निर्वाचित हुनुभएको छ ।
अखिल क्रान्तिकारी जिल्ला समितिको निर्वाचन सुन्दरहरैचाको विराटचोकस्थित उद्योग वाणिज्य संघको हलमा भएको थियो । सहमतिमा नेतृत्व चयन नभएपछि अध्यक्ष, उपाध्यक्ष, सहसचिव र कोषाध्यक्षमा चुनाव भएको थियो ।
अधिवेशनमा मोरङ जिल्लाको विभिन्न शैक्षिक संस्थाहरुबाट प्रतिनिधि आएका थिए ।
निर्वाचनमा १३४ मध्ये अध्यक्षको उम्मेद्वार सरोज किरातीले ८१ मत ल्याएर बिजयी हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी शशी यादव ५३ मत प्राप्त गर्नुभयो । त्यसैगरी तीन उपाध्यक्षको लागि पाँच जना प्रतिष्पर्धामा उत्रिनुभएको थियो । उपाध्यक्षमा दिपेश परियार (१२७), पुष्कर भट्टराई (६९), आयुद अछामी (६८) बिजयी हुनुभयो । उपाध्यक्षका प्रत्यासी रोशन यादव (५७), अलिल अधिकारी (६४) मत पाउनुभयो । सचिवमा सतिस कार्की सर्वसम्मत चयन हुनुभयो । दुई सहसचिव पदका लागि चार जना भिड्नु भएको थियो । महिला सहसचिवमा भने रबिना चौधरी सर्वसम्मत चयन हुनुभयो । सहसचिवमा अनिस कार्की (६१), अनिष पौडेल (५६) बिजयी हुनुभयो । सहसचिवका प्रत्यासी दिपेन्द्र राई (५४) र दर्शन साह (५२) मत पाउनुभयो । कोषाध्यक्षमा सितल दर्नाल (७६) बिजयी हुनुभयो । दर्नालको प्रत्यासी किर्तिका खनाल रहनुभएको थियो ।
नगेन्द्रबहादुर घिमिरे अध्यक्षको गत कार्यकालमा सरोज किराती जिल्लाको बरिष्ठ उपाध्यक्ष रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय