
उर्लाबारी । अखिल (क्रान्तिकारी) मोरङका अध्यक्ष सरोज किरातीले शैक्षिक माफिया विरुद्ध अभियान चलाउने उद्घोष गर्नुभएको छ ।
निर्वाचित भएपछि किरातीले संगठनलाई एकताबद्ध बनाएर लैजाने र कार्यकालभर विद्यार्थीहरुको हकहितका काम गर्ने बताउनुभएको छ । विधान बमोजिम पदाधिकारी निर्वाचित भएर आएपछि बाँकी ४२ जना सदस्य चयन गरिने अध्यक्ष किरातीले बताउनुभयो ।